रवि लामिछाने सहित ३ जनालाई राति नै चितवन लगियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 06:16:29 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बेलुका पक्राउ परेका कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई त्यहि रातिनै चितवन लगिएको छ। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या प्रकरणको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    

लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन। लामिछाने पक्राउपरेपछि न्युज २४ टेलिभिजनले बिहीबार नै उनी पक्राउ परेको जनाउँदै लामिछानेले सञ्चालन गर्दै आएको कार्यक्रम स्थगित भएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो ।

प्रहरीले रविसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई बिहिबार बेलुका नै चितवन लगेको छ। यसअघि उक्त भिडियोमा नाम जोडिएपछि अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । कार्कीलाई यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो ।पत्रकार पुडासैनीले आत्महत्या गर्नु पुर्व बोलेको भिडियोमा कँडेलको पनि नाम उल्लेख गरेका थिए। 

रबि लामिछाने सहित तिनै जनालाई चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।  प्रहरीकाअनुसार पक्राउ परेका तीनैजनालाई अनुसन्धानका लागि केही दिन राखिनेछ । आजै म्याद थपका लागि अदालतमा पेस गरिने प्रहरी स्रोतले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved