पुडासैनी आत्महत्या प्रकरणः रबी सहितलाई अदालत पेश गरिँदै, समर्थकको नाराबाजी कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 09:46:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चारकर्मी रबी लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले शुक्रबार अदालतमा पेश गर्दैछ । म्याद थपका लागि अदालत पेश गरिने र म्याद थपेर अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको आफ्नो भिडियोमा आफूलाई मर्न बाध्य बनाउने भन्दै रबीसहित केही व्यक्तिको नाम लिएका थिए । उक्त भिडियो बाहिरिएपछि  पुडासैनीले नाम लिएका सबैलाई प्रहरीले बिहिबार काठमाडौँबाट पक्राउ रेको थियो । 

रबीलाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवन प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved