रबी लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 01:31:58 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन प्रस्तोता रबी लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले सालिकराम पुडासैनीको आत्महत्यामा प्रकरणमा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको चितवन प्रहरीले जनाएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराउन लैजाने क्रममा समर्थकले अदालत अगाडी प्रदर्शन गरेका थिए । प्रदर्शनकारीको प्रदर्शनकाबीच पनि प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता (रुकु) कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved