‘सालिग्रामले न्याय पाउनैपर्छ’ भन्दै रबीको विपक्षमा प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 09:16:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सालिग्राम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तेता रबी लामिछानेका समर्थकले चितवनमा प्रदर्शन चर्काएपछि चितवनका युवाहरुले 

पुडासैनीको पक्षमा प्रदर्शन गरेका छन् । सालीग्रामले न्याय पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न रबीका समर्थकलाई सचेत गराएका छन् । 

प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगर’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लगाएका छन् । 

प्रहरीले गत बिहिबार साँझ लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भसनने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved