परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘रबिलाई आरोप लगाईएको भिडियो नै शंकास्पद’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 12:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या पूर्व रबि लामिछाने लगायतको नाम लिएको भिडियो शंकास्पद रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त भिडियो विरोधाभाष रहेको बताएका छन् । 

‘भिडियो आफैँमा विरोधाभाष छ,  मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ’ मन्त्री ज्ञवालीले भने । ‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले रबि जीलाई लगेको हो’ उनले थपे, ‘कानुन भन्दामाथि रबिजी पक्कै  हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष  भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुन अनुसार कार्बाही हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved