नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी जलविद्युत आयोजना चालु आर्थिक वर्षमै सम्पन्न हुने बताएका छन् । प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा बोल्दै सिइओ घिसिङले अहिले ४५ लाख घरपरिवार राष्ट्रिय प्रशारण लाईनमा जोडिसकिएको बताए ।
सन् २०२३ सम्म हरेक घरमा विजुली पुर्याउने लक्ष्यका साथ काम भईरहेको घिसिङको भनाई छ । उनका अनुसार हाल कुल जनसंख्याको ७८ प्रतिशत नागरिक विद्युतको पहुँचमा पुगिसकेका छन् ।
गतवर्ष २ अर्ब ८१ करोड युनिट विद्युत आयात भएको छ । नेपालले गत आर्थिक वर्ष २०७५/०७६ मा ३४ करोड युनिट विद्युत भारतमा निर्यात गरेको छ ।