निर्वाचनपछि मलाई पदमा बस्न मन छैनः प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 11:25:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रति सरकारको बफदारितामा अनावश्यक भ्रम नफैलाउन विपक्षीलाई चेतावनी दिएका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने जनादेश दिएको भन्दै अनावश्यक भ्रम नछर्न सचेत गराए । 

‘सरकारको लोकतन्त्रप्रतिको निष्ठामा अनावश्यक भ्रम फिजाउने प्रयास भइरहेको छ’ नेकपाका अध्यक्ष समेत रहेका प्रधानन्त्रीले भने,  ‘जनतामा निराशा पैदा गर्ने प्रयास नगर्दा राम्रो हुन्छ ।’

प्रधानमन्त्रीले थपे, ‘पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ भनेको पनि सुन्छु, आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निवार्चनसम्म धैर्य गर्नुस् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved