सालिकग्राम आत्महत्या प्रकरणः रबी सहित ३ जना विरुद्ध श्रीमतिले दिईन किटानी जाहेरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 02:57:40 PM मा प्रकाशित

laxmi  sunrise bank

झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका हुन् ।

गत साउन २२ गते मृत भेटिएपछि फेला परेको मोबाइलमा भएको भिडियोमा पुडासैनीले आफूलाई आत्महत्या गष्र्न बाध्य बनाउने भन्दै केही सञ्चारकर्मीको नाम लिएका थिए । उनले टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीको नाम लिएका थिए । प्रहरीले तीनै जनालाई पक्राउ गरेर अदालतबाट अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति पनि पाएको छ । पुडासैनीकी श्रीमति सम्झनाले पक्राउ परेका तीनै जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved