मिडियालाई सम्बोधन गर्न केपी ओलीले जुराए नयाँ नाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 07:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका सदस्य केपी ओलीले मिडियाहरुलाई सम्बोधन गर्न नयाँ नाम जुराएका छन् । उनले सबै मिडियालाई एकमुष्ट सम्बोधन गर्न 'खबरपालिका' भन्ने शब्द जुराएका हुन् 

नेपाल विद्युत प्राधिकरणको ३४ औ वार्षिकोत्सवको अवसर आयोजित समारोहमा उनले मिडियालाई एकमुष्ट रुपमा 'खबरपालिका' भने सम्बोधन गरेका हुन् 

आफ्नो सम्बोधनको क्रममा उनले जलवायु परिवर्तन नेपालको लागि चुनौतीपूर्ण हुने र त्यसले जलविद्युत क्षेत्रलाई समेत असर गर्ने तर्फ उनले सचेत गराए । जलवायु परिवर्तनको कारण अहिले हिउँले भरिएका हिमाल नाङ्गो हुन सक्ने भन्दै उनले   ड्याम परियोजनालाई प्राथमिकता दिन प्राधिकरणलाई सुझाव दिए । मिश्रित उर्जा उत्पादन गर्नु उपयुक्त भएकोले सोलार तर्फको उत्पादन बढाउनु पर्ने बताए 

दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्य हासिल गर्नको लागि उर्जा क्षेत्रको अहम भूमिका रहेको तर्फ उनले जोड दिए 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved