राष्ट्रिय युवा संघको इन्चार्जमा सांसद बस्नेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 09:06:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा नेकपाका केन्द्रिय सदस्य, युवा नेता तथा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जिम्मेवारी प्राप्त गरेका छन। 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांसद बस्नेतलाई इन्चार्ज तोकेको हो । त्यस्तै सहइन्चार्ज संघकै अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालाई तोकेको छ ।

सांसद बस्नेत पूर्व युवा संघ नेपालका अध्यक्ष समेत हुन। बस्नेतसँग करिव १० वर्ष संघको अध्यक्षको रुपमा सञ्चालन गरेको अनुभव समेत रहेको छ । उनको समयमा भएका युवा आन्दोलन हालसम्म अनुकरणीय समेत रहेका छन् ।

त्यस्तै बैठकले तेस्रो वरियतामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधब कुमार नेपाललाई चैथोमा पुर्याई पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved