नेकपाले तोक्यो जबस र विशेष कमिटीका इन्चार्ज-अध्यक्ष (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 09:47:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज, सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो।

नेकपाले उपत्यका विशेष कमिटी इन्चार्जमा लिलामणि पोखरेल तोकेको छ भने सह-इन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाललाई तथा अध्यक्षमा  राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपानेलाई तोकेको छ।

त्यस्तै युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुंगेल, सह-इन्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिवमा सुनिता बराललाई तोकेको छ। 

मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, सह-इन्चार्जमा कुमार पौडेल, अध्यक्षमा जगत सिंखडा र सचिवमा नरनाथ लुइँटेललाई तोकिएको छ भने पेशागतको इन्चार्जमा केशव नेपाल, सह-इन्चार्जमा प्रमेख खनाल, अध्यक्षमा प्रेम पराजुली र सचिवमा कृष्णराज केसी छन् ।

उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्जमा पार्वत गुरुङ, सह-इन्चार्ज शशी श्रेष्ठ र सचिवमा चन्द्र रिजाललाई तोकेको छ भने केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्ज छविलाल विश्वकर्मा, सह-इन्चार्ज डिलाराम आचार्य, विजय गुरूङ र झक्कु सुवेदी छन् । अध्यक्ष प्रह्लाद बुढाथोकी र सचिव नरेन्द्र श्रेष्ठ छन्  ।

त्यस्तै किसान संगठनको अध्यक्षमा हरि प्रसाद पराजुली तोकिएका छन भने स्कुल विभागको उपप्रमुखमा बेदुराम भुसाल र प्रचार विभागको उपप्रमुखमा विष्णु रिजाललाई थप गरेको छ ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सह-इन्चार्ज विनोद श्रेष्ठ तथा  किसानको इन्चार्ज बामदेव गौतम र सह-इन्चार्ज सुनिल मानन्धर तोकिएका छन् ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सह-इन्चार्जमा कमला रोक्का तथा युवाको इन्चार्जमा महेश बस्नेत र सह-इन्चार्जमा रामप्रसाद सापकोटा दिपशिखा छन् भने विद्यार्थीको इन्चार्ज हितमान शाक्य र सह-इन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सह-इन्चार्जमा टंक कार्की छन् । पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सह-इन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

यस्तै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्र भण्डारी र सचिव ध्रुवकुमार आङ्दाम्बे छन् । २ को इन्चार्जमा अच्युत मैनाली, सहइन्चार्ज भरत साह, अध्यक्ष सुनिता यादव र सचिव विल्टु यादव छन् ।

३ को इन्चार्जमा गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दोङ, सचिवमा श्याम बस्नेत छन् । प्रदेश ४ को इन्चार्जमा दिलु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्षमा तारा कुमाल र सचिव विष्णु सिक्देल छन् ।

प्रदेश ५ को इन्चार्जमा मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बश्याल र सचिव सुनिता रोकाय छन् ।प्रदेश ६ को सम्पर्क कमिटीमा इन्चार्ज झकबहादुर मल्ल, सहइन्चार्ज गोविन्दविक्रम शाह, अध्यक्ष पूर्णबहादुर मल्ल र सचिव चित्रबहादुर घर्तीमगर छन् भने प्रदेश ७ को सम्पर्क कमिटीमा इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठगुल्ला र सचिव मेहन्त जोशी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved