पुडासैनी आत्महत्या प्ररकणः भरतपुरमा निषेधित क्षेत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 09:09:03 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा निषेधित क्षेत्र घोषणा गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रबी लामिछाने पक्राउ परेपछि उनको समर्थनमा जारी प्रदर्शन चर्किएपछि प्रशासनले निषेधित क्षेत्र तय गरेको हो । प्रशासनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लले प्रदर्शनले प्रशासनिक कामकाज प्रभावित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । प्रहरीले अनुसन्धानका लागि लामिछानेसहित ३ जनालाई पक्राउ गरेपछि रबीका समर्थकले ४ दिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved