रबीको समर्थनमा जारी प्रदर्शनमा नजान कार्यकर्तालाई नेकपाको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 02:17:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रदर्शनमा नजान आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनमै प्रभाव पर्ने गरि प्रदर्शन भईरहेको भन्दै नेकपाले जारी आन्दोलन र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सोमबार जारी प्रेस विज्ञप्तिमा घटनालाई लिएर पार्टी नेतृत्वको नाम नै किटान गरि भएका नाराबाजी ‘धमिलो पानीमा माछा मार्ने चलखेल’ भएको उल्लेख गरिएको छ । 

नुवाकोट पत्रकार पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुन्डिएको अवस्थामा फेला परेका थिए । 

नेकपाले जारी गरेको विज्ञप्तिः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved