रवी लामिछानेलाई अर्को झड्का, घुसपैठ भएको भन्दै टिमकै व्यक्तिले साथ छाडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 08:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई निशर्त रिहाइको माग गर्दै आएका रवि लामिछाने बचाऊ संघर्ष समितीका अध्यक्षले सोमबार राजीनामा दिएका छन् ।

समितीका अध्यक्ष सरोज घिमिरेले सोमबार साझ एक प्रेस बिज्ञप्ती निकाल्दै आन्दोलनमा घुसपैठ भएको र समितिको कुनै औचित्य नै नरहेको भन्दै संघर्ष समितिबाट राजीनामा दिएको बताएका छन् ।

उनले आन्दोलनको नाममा बाह्य व्यक्तिले फाइदा उठाउन खोजेको र छानबिन कार्य नै प्रभावित पार्न खोजेको भन्दै समिति छोडेको बताएका हुन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved