दूधको मूल्य १० रुपैयाँसम्म बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 07:04:45 AM मा प्रकाशित

laxmi  sunrise bank

दूधको मूल्य १० रुपैयाँसम्म बढ्ने भएको छ । दुधको मूल्य बढाउनेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउन सिफारिस गरेको हो ।

कार्यदलका संयोजक एवं दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई अध्ययन प्रतिवेदन बुझाएका हुन्। उनका अनुसार बढ्ने मूल्यको ६९ प्रतिशत दुग्ध उत्पादक किसानले तथा ३१ प्रतिशत व्यवसायीले पाउने गरि मूल्य बढाउन सिफारिस गरिएको छ ।

कार्यदललले कम दूध उत्पादन हुने मौसममा हाल कायम प्रतिलिटर मूल्यमा १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा बढाउन मन्त्रालयलाई सिफारिस गरेको हो । कार्यदलको सिफारिस लाग्गु भएमा दुधको मूल्य प्रति लिटर  ९० रुपैयाँसम्म पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved