रबीलाई फेरि अदालत लगिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 08:23:41 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार सालिकग्राम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेको टेलिभिजन प्रस्तोता रबी लामिछानेसहित तीनै जनालाई प्रहरीले आज पुनः अदालत लैजादै छ । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्ने म्याद थपको लागि जिल्ला अदालत लैजान लागिएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमबार सकिए पनि अनुसन्धान बाँकी रहेकाले म्याद थपको लागि मंगलबार जिल्ला अदालत लैजान लागिएको हो । 

पुडासैनीको पोष्टमार्टम रिपोर्टमा आत्महत्या कै कारण ज्यान गएको उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved