बिजपाटी सम्बाददाता     Aug 20, 2019 | 12:34:00 PM



देश कै ठुलो प्रशासनिक केन्द्र सिंहदरबार भित्रै एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । मंगलबार राष्ट्रिय योजना आयोगका सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् ।

उनी आयोगकै अनुगमन तथा मुल्यांकन हलमा मृत फेला परेका हुन् । उनलाई बिहान सरसफाई गर्ने कर्मचारीले फेला पारेको र लगत्तै प्रहरीलाई जानकारी गराएको बताईएको छ  । उनी सोमबार त्यहि रहेको वा बिहान छिट्टै आएको हो भन्ने बारे खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

 घटनाको थप विवरण आउँन बाँकि छ  ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7