पुडासैनी आत्महत्या प्रकरणः रबी पक्राउको विषय संसदमा छिर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 12:08:17 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउको विषय संसदमा उठेको छ । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि उनका समर्थकले चितवन ५ दिनदेखि प्रदर्शन भईरहेको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान भईरहेको अवस्थामा अनुसन्धान नै प्रभावित हुने गरि भईरहेका गतिविधिबारे ध्यानाकर्षण गराएकी छिन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।‘चितवनमा गैरसंवैधानिक नारासहित प्रदर्शन भएको सुनिएको छ’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved