पहिलो सर्वदलीय बैठकमा प्रधानमन्त्रीको प्रस्ताव: विस्थापित तत्त्व सल्बलाए, हामी एक होऔं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 07:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सम्भावित हिंसात्मक गतिबिधि रोक्न सबै दल सहमत भएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको पहिलो अर्थात १८ महिनापछि डाकेको  सर्वदलीय बैठकमा दलहरुबीच गणतन्त्र , लोकतान्त्रिक प्रणाली, संघियता र संबिधानमाथि भएको प्रहार रोक्न सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन। 

प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयतासँगै संविधानमाथि प्रहार भइरहेको भन्दै प्रमुख राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने प्रस्ताब राखेको प्रवक्ता श्रेष्ठले बैठकमा भएका छलफलबारे संचारकर्मीलाई जानकारी दिएका छन।

‘प्रधानमन्त्रीले सविधानमाथि प्रहार भइरहेको छ, यसलाई क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको देखिएको छ । यसका निम्ति संघर्ष गर्ने पार्टीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्नुभयो’ नेकपाका प्रवक्ता श्रेष्ठले भने । 

प्रधानमन्त्रीको प्रस्ताबमा प्रमुख विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रणाली र संबिधानको रक्षा गर्नलाई आफुहरु पनि सरकारको प्रस्ताबमा सहमत रहेको जवाफ दिएको श्रेष्ठले बताएका छन।   

नेपालको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै सरकारले गणतन्त्र, संबिधान जस्ता प्राप्त उपलब्धि सिध्याउने प्रयास भएको भन्दै दलहरुले यस्ता प्रयासको सामना गर्न एकमत रहेको श्रेष्ठले बताएका छन।

राजाबादीले फेरी चलखेल गरेको आशयको कुरा राख्दै प्रवक्ता श्रेष्ठले जुन तत्व बिस्थापित भए त्यहीबाट चलखेल हुन सक्ने भन्दै भोलि बुधबार पनि शान्ति प्रकृयासंग सम्बन्धित बिषयमा छलफल हुने श्रेष्ठले बताएका छन।    

सर्वदलीय बैठकमा प्रमुख विपक्षी कांग्रेसले संसदमा विचाराधीन विधेयकहरुको विषय उठाएको बताइएको छ। जवाफ प्रधानमन्त्री ओलीले सहमतिबाट अगाडि बढ्ने आश्वासन दिएका छन् । मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयकमा सहमति भइसकेको भन्दै उनले अरु विषयमा पनि समझदारीबाटै अगाडि बढ्ने बताएका छन्। त्यस्तै राजपा नेताहरुले भने संविधान संशोधनको मुद्दा उठाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved