यी हुन 'व्यापक' सरुवामा परेका १६ सचिव, ४ सहसचिवको बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 08:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १६ सचिवको सरुवा गरेको छ भने ४ सहसचिवलाई सचिवमा बढुवा गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ यसअघि वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।  

यसैगरी पर्यटनका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ भने सार्वजनिक खरिद पुनरावलोकन  आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा सरुवा गरिएको छ।

त्यस्तै राष्ट्रिय सर्तकता केन्द्रका माधव वेल्वासेलाई खानेपानी मन्त्रालय, भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक, सिँचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय, शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनसंख्या सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यसैगरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालय र लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएको छ। 

प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोकसेवा आयोगमा र प्रदेश ५ का प्रमुख सचिव डा. तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

त्यस्तै सहसचिवहरू तोयम राय, तोयानारायण ज्ञवाली, शिवहरी शर्मा र रविन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved