प्रहरी हिरासतमा रहेका रवी लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पौडेलले आज महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएकी हुन् ।
पौडेलले पुडासैनीको मोबाइलमा रहेको भिडियो किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिएकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गराएकी हुन ।
पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।