प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 12:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र विदेशमन्त्री जयशंकरबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज नै नेपाल आएका हुन। भेटवार्तामा दुई देशबीचको पारस्पारिक सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ । 

भेटवार्तामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी लगायतको सहभागिता रहेको थियो ।  भारतीय  विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी  भण्डारीसँग पनि भेट्ने कार्यक्रम  छ ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार अपराह्नदेखि काठमाडौँमा सुरु हुँदै छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्ने छन् । बैठकमा केही नयाँ समझदारीमा उद्घाटन सत्रमै दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम छ । 

बैठकका कार्यसूचीमध्ये पहिलोमा राजनीतिक र सीमा सुरक्षा, दोस्रो सञ्चार सञ्जाल र आर्थिक समृद्धि, तेस्रो व्यापार र पारवहन, चौथोमा ऊर्जा र जलस्रोत तथा संस्कृति र विविध विषय रहने छ । यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत् योजनालगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना रहेको छ।

नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकको सुरुआत सन् १९८७ देखि सुरु भएको थियो । त्यसको एक वर्षपछि सन् १९८८ मा पहिलो बैठक बस्यो । त्यसपश्चात् २४ वर्ष मौन बसेको बैठक सन् २०१४ मा तेस्रो र सन् २०१६ मा चौथो बैठक बस्यो । यो आयोगको पाचौ बैठक हो ।  बैठक दुई दिन चल्ने छ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved