तत्कालै क्लिनफिड लागू हुनेगरी विज्ञापन विधयेक पास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 01:31:55 PM मा प्रकाशित

laxmi  sunrise bank

 संसदीय समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै विज्ञापन विधेयक पारित गरेको छ । संसदको विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकले राष्ट्रिय सभाले पारित गरेको ब्यबस्थालाई संशोधन गर्दै तत्कालै लागु हुने गरि विधयेक पारित गरेको हो । 

राष्ट्रिय सभाले विधयेक पारित गर्दा मिति तोकेर प्रकशित भएपछि मात्र विधयेक लागु हुने ब्यबस्था राखेर विधयेक पारित गरेको थियो। समितिले त्यसलाई संशोधन गरी तत्काल नै लागु हुने ब्यबस्था गरेको हो ।  

तर ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय दिइएको छ । अर्थात ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले  क्लिन फिड लागु गर्न एक बर्षको समय पाउने छन । नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्दा विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुने भएको हो ।

व्यवसायीले भने क्लिनफिडको विरोध गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved