प्रहरीले दर्ता गर्न मानेन रवी लामिछानेकी पत्नीले दिएको जाहेरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 01:45:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी हिरासतमा रहेका रवी लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा दिएको जाहेरी लिन प्रहरीले अस्विकार गरेको छ  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पौडेलले आज महानगरीय प्रहरी महाशाखामा जाहेरी दिएकी थिइन् । 


तर प्रहरीले उक्त जाहेरी आफ्नो क्षेत्राअधिकार भित्र नपर्ने भन्दै दर्ता गर्न अस्विकार गरेको हो । यस सम्बन्धि अनुसन्धान चितवन प्रहरीले गरिरहेको तथा काठमाडौँ तथा चितवन प्रदेश अन्तर्गतका समानान्तर जिल्ला भएकोले जाहिर लिन नसकिएको प्रहरीले जनाएको छ । यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै फर्काइदिएको निकिताका वकिल राजेन्द्र सेढाईले बताए  ।  उनले अब जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत मुद्धा अघि बढाउने  बताए । 


पौडेलले पुडासैनीको मोबाइलमा रहेको भिडियो किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दिएकी हुन ।


पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।  


पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved