रवी लामिछानेका १४ जना समर्थक बिरुद्द मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 05:35:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले रवी लामिछानेका १४ जना समर्थक बिरुद्द मुद्दा दायर गरेको छ।  लामिछाने रिहाइको माग गर्दै भरतपुरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जनाबिरुद्ध चितवन प्रहरीले मुद्दा दर्ता गरेको हो ।

प्रदर्शनलाई भड्काउन खोज्ने, प्रहरीमाथि नै जाइलाग्ने र भिडलाई उत्तेजित पारेकोले   उनीहरुलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए । प्रदर्शनका क्रममा पक्राउ परेका २३ जनामध्ये १४ जनाविरुद्ध मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

अर्यालका अनुसार सबैलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको हो  प्रहरीले सामाजिक सञ्जालमा भड्काउने अभिव्यक्ति दिने विरुद्ध पनि निगरानी थालेको छ । 

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले साउन ३० गते लामिछानेसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो । लामिछानेलाई फसाउन खोजिएको भन्दै चितवनमा दैनिक जसो प्रदर्शन भईरहेको छ । 

यो पनि : 

रवीका समर्थकले लगाए राष्ट्रपति भण्डारी र नेकपा अध्यक्षलाई गम्भीर आरोप ! (भिडियो)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved