फास्ट ट्रयाकको डीपीआर स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 06:41:26 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले डीपीआर स्वीकृत गरेको हो ।

कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत भएको होे । यसअघि भारतीय कम्पनीले बनाएको डीपीआर अस्वीकृत भएको थियो ।

स्वीकृत डीपीआर अनुसार सडक निर्माणको लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्नेछ । नयाँ डीपीआर अनुसार द्रुतमार्गको लम्बाइ घटेको छ । पहिलेको डीपीआरमा लम्बाइ ७६ दशमलव दुई किलोमिटर थियो भने अब ७२ दशमलव पाँच किलोमिटर हुनेछ । द्रुतमार्गमा पुलको जम्मा सङ्ख्या ८७ वटा, तीनवटा सुरुङ र १६ वटा ‘हाइराइज ब्रिज’ अर्थात् आकासे पुलको निर्माण गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved