चीन र ईयुले दिए नेपालमा लगानी बढाउने बचन, अर्थमन्त्री खतिवडाले दिए यस्तो अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 09:06:14 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि चिनिया राजदुत होउ यान्कीबीच शिष्टाचार भेटघाट भएको छ। भेटघाटको क्रममा चिनीया कम्पनीबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो ।

भेटका क्रममा तत्कालका लागि काठमाडौं–कोदारी–काठमाडौं–रसुवागढी र कोरला नाकामार्फत आवागमन आवद्धता बढाउने विषयमा छलफल भएको थियो । काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनिया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउनेबारेसमेत भेटघाटका अवसरमा छलफल भएको थियो ।

त्यसैगरी आज नै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका राजदूत एम.एस. भिरोनिका कोडीबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भई नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको छ । भेटका क्रममा राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा जानकारी दिए।

सो अवसरमा अर्थमन्त्री खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तराष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved