ओली नहुँदा सचिवालय बैठकको अध्यक्षता गर्ने अधिकार ‘प्रचण्ड’लाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 10:16:19 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको बैठक बोलाउने अधिकार दिईएको छ । ओलीको अनुपस्थितिमा पनि सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री ओली उपचारका लागि बिहीबार सिंगापुर जाँदैछन् । यो बीचमा पार्टीको बैठक प्रचण्डले बोलाउने र सांगठनिक एकीकरण लगायतका विषयमा निर्णय गर्ने सहमति भएको हो । ओलीको सिंगापुर बसाईँ कम्तीमा ९ दिनको हुने उनको सचवालयले जनाएको छ । प्रचण्ड पनि नेकपाको अध्यक्ष भएपनि उनलाई बैठक बोलाउने अधिकार यसअघि थिएन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved