ओली विदेशमा हुँदा भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद बैठक बस्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 05:21:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अब प्रधानमन्त्री विदेशमा भए पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने भएको छ । मन्त्रिपरिषदको बैठकले नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ संशोधन गरी भिडियो कन्फरेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने ब्यबस्था गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली आज नै स्वास्थ्य उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन्  । नियमावली संशोधन गरेसंगै प्रधानमन्त्री विदेशमा भए पनि भिडियो कन्फरेन्समार्फत बैठक बस्न सक्ने भएको हो ।

मन्त्रिपरिषद्‌ले गरेका निर्णय सुनाउन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी गराएका हुन्।

यो पनि : 

यस्ता छन् सरकारका पछिल्ला ३५ निर्णय, सचिव सरुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved