५ वडाध्यक्षद्धारा सामूहिक राजीनामा

रासस

रासस

Aug 23, 2019 | 09:11:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बाजुराको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक राजीनामा दिएका छन् । नगरपालिकाका मेयर र उपमेयरले मनोमानी रुपमा एकलौटी निर्णय गर्ने गरेको भन्दै बिहीबार ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक राजीनामा दिएका हुन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव जितेका पाँच वडाध्यक्षले राजीनामा दिएका हुन् । वडा नं ७ का अध्यक्ष धर्मराज उपाध्यायका अनुसार विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको बताए । वडा नं ९ का अध्यक्ष विनोदकुमार विकले पनि सोही गुनासो गरेका छन् । 

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् ।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ । 

बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ । स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved