कास्मिर विवादबारे पाकिस्तानले खोज्यो नेपालको धारणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 09:28:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणबाट दिल्ली फर्किएलगत्तै पाकिस्तानले कास्मिर विवादमा नेपालको धारण खोजेको छ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरि कास्मिरको अवस्थाबारे जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन् । 

जवाफमा पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कास्मिरको तनाब भारत र पाकिस्तानबीचको संवादबाट मिलाउन सकिने सुझाव दिएका छन् । नेपालले कास्मिर घटनाक्रमलाई नियालिरहेको र नेपाल सदैव क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको भन्दै मन्त्री ज्ञवालीले जवाफ दिएका छन् । 

भारत प्रशासित काश्मीरको स्वायत्तता खोसिएपछि पाकिस्तानले कास्मिरलाई स्वतन्त्रता दिलाउन सार्क मुलुकसँग पनि लबिङ थालेको छ । उसले यो मुद्धालाई अन्तराष्ट्रिय अदालतमा लैजाने भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved