बजेट खर्च गर्नमा शंकर पोखरेल 'फस्ट', महेन्द्र शाही 'जस्ट पास' (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 10:51:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश सरकारहरुले गत आर्थिक बर्षमा करिब आधामात्र बजेट खर्च गरेका छन् । गत आर्थिक बर्षमा प्रदेशहरुलाई कुल २ खर्ब ६ अर्ब ५८ करोड ९१ लाख बजेट छुट्याइएकोमा प्रदेशहरुले त्यसको ५५.४६ प्रतिशत मात्र अर्थात् १ खर्ब १४ अर्ब  ५७ करोड ९२ लाख मात्र खर्च गर्न सफल भएका हुन् । 

शुक्रबार आयोजित अन्तर सरकारी वित्त परिषदको वैठकमा अर्थ मन्त्रालयले यस्तो जानकारी दिएको हो । प्रदेशहरु मध्ये सबै भन्दा कम बजेट कर्णाली प्रदेशले खर्च गरेको छ भने सबै भन्दा धेरै बजेट प्रदेश ५ ले खर्च गरेको छ ।  कर्णाली प्रदेशले  कुल बजेटको ३५.१९ प्रतिशत खर्च गर्दा प्रदेश ५ ले ६३.४६ प्रतिशत खर्च गरेको छ । प्रदेश ५ पछि सबै भन्दा धेरै प्रदेश ३ ले ६०.७१ प्रतिशत , सुदुरपश्चिम प्रदेशले ५९.५५ प्रतिशत र प्रदेश १ ले  ५९.११ प्रतिशत बजेट खर्च गरेको छ । गण्डकी प्रदेशले ५८.१० प्रतिशत बजेट  खर्च गरेको छ भने प्रदेश २ ले ५०.६९ प्रतिशत खर्च गरेको छ   । 

हेर्नुस कसले कति खर्च गरे ? रकम रु १० हजारमा :






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved