रबीले असुरक्षित महशुस गरेँ भनेपछि एसपी मल्लले भने,‘बोल्दा ख्याल गर्नू’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 12:10:07 PM मा प्रकाशित

laxmi  sunrise bank

हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रबी लामिछानेले आफूले असुरक्षित महशुस गरेको भन्दै सामाजिक सञ्जालमा स्टाटस आएपछि प्रहरीले बोल्दा ध्यान पुर्याउन सचेत गराएको छ । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रबीसहित हिरासतमा रहेका तीनैजना सुरक्षित रहेको र उनीहरुमाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको प्रष्ट पारेका छन् । 

रबीकी पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमा रबी लामिछानेको नामबाट सार्वजनिक भएको स्टाटसमा उनले आफू प्रहरीबाटै असुरक्षित रहेको दाबी गरेका थिए । उनले दोस्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका थिए । 

सामाजिक सञ्जालमा कसले के लेख्यो, के भन्यो ? त्यो जानकारी छैन, तर हिरासतका सबै सुरक्षित छन्’ प्रहरी प्रमुख मल्ले भने ‘प्रहरीको सुरक्षा घेरामा रहेको व्यक्ति कसरी असुरक्षीत हुन्छ ? अनुसन्धान भइरहेको छ, सुरक्षाबारे बोल्दा ख्याल गर्नु ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved