राजश्व संकलन लक्ष्यमा ५ मुख्यमन्त्री 'फेल', २ नम्बरमा आधा पनि उठेंन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 01:22:43 PM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व संकलनको लक्ष्य भेट्न ५ वटा प्रदेश असफल भएका छन् । गत आर्थिक बर्षमा प्रदेश नम्बर ५ र गण्डकी प्रदेश बाहेक सबै प्रदेशले राजश्व संकलनको लक्ष्य नभेटका हुन् । 

शुक्रबार आयोजित अन्तर सरकारी वित्त परिषदको वैठकमा अर्थ मन्त्रालयले यस्तो जानकारी दिएको हो ।  गण्डकी प्रदेशले लक्ष्य भन्दा ११८.५ प्रतिशत राजश्व संकलन गर्दा प्रदेश ५ ले लक्ष्य भन्दा ११६.७८ प्रतिशत राजश्व सनाकलन गरेको छ। बाँकि सबै प्रदेश लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएका हुन् ।

राजश्व संकलनमा प्रदेश २ सबै भन्दा कमजोर देखिएको छ । प्रदेश २ ले लक्ष्यको ४६.२२ प्रतिशत मात्र रजशव संकलन गरेको हो । प्रदेश १ ले लक्ष्यको ७८.३९ प्रतिशत, प्रदेश ३ ले लक्ष्य ९८.१० प्रतिशत, कर्णाली प्रदेशले लक्ष्यको ८४ प्रतिशत र सुदुरपश्चिम प्रदेशले लक्ष्यको ९०.८२ प्रतिशत राजश्व संकलन गरेको छ ।

हेर्नुस कसको कति थियो लक्ष्य ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved