बिजपाटी सम्बाददाता     Aug 23, 2019 | 03:27:18 PM



sunrisebank

(तस्बिरः गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल र वडाध्यक्ष सुभास बोहोरा)

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई धम्की दिँदै रकम असुल्न खोज्ने काममा सोही गाउँपालिकाकी उपाध्यक्षको संलग्नता देखिएको भन्दै पक्राउ पूर्जी जारी भएको छ । प्रहरीले उपाध्यक्ष दिपशिखा दाहालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । 

प्रारम्भिक अनुसन्धानमा उपाध्यक्षसहित सोही गाउँपालिकाको ७ नम्वर वडाका वडाअध्यक्ष सुवास बोहोरा र तत्कालिन माओवादीका नेता सन्दीप भनिने ध्रुव कार्कीलाई पक्राउ पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले साउन २४ गते काठमाडौंबाट २ जनालाई गोली हानी पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लोप्चन भनिने मिलन तामाङ र अमृत तामाङ छन् । उनीहरुले गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई टेलिफोन गरि २ करोड रुपैयाँ फिरौती माग्दै नदिए छोरीको अपहरण गरि हत्या गर्ने चेतावनी दिएका थिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7