आइजी खनालले रवि लामिछानेलाई भने- असुरक्षित हुनुको कारण बताउनुहोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 07:41:04 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई प्रहरी प्रमुख (आइजी) सवेन्द्र खनालले असुरक्षित भएको महसुस भए आफुलाई खबर गर्न भनेका छन। 

रवीले श्रीमती निकिता पौडेल मार्फत हिरासतमै रहेको अवस्थामा पनि आफु असुरक्षित रहेको बताएको भोलिपल्ट नै अनुगमनका क्रममा चितवन पुगेका आइजी खनालले रविलाई त्यस्तो बताएका हुन।       

खनालले लामिछानेलाई असुरक्षित महसुस भएको कारणसमेत जानकारी गराउन आग्रह गरेको नेपाल प्रहरीका केन्द्रीय सह-प्रवक्ता उत्तमराज जोशीले  बताए। सोक्रममा आइजी खनालले हिरासतमै रहेका सिधा कुरा जनताका अर्का पत्रकार युवराज कँडेललाई पनि भेटेका थिए। दुवै जनालाई भेटको क्रममा खनालले अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरेका छन्।

कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता लामिछाने र सोही कार्यक्रममा आवद्ध कँडेल पत्रकार पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved