जहाजमा एनआरएन अध्यक्षको 'अभद्र व्यवहार', प्रहरीको सहयोगमा 'गलत्याएर' घर फर्काइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 07:36:49 AM मा प्रकाशित

laxmi  sunrise bank

उडानदलका सदस्यलाई अभद्र व्यवहार गरेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट ओराल्दिएको छ । 

शनिबार ९ः४५ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर विमान दलका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि उक्त एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा उनीहरुलाई विमानबाट निकालेको हो ।

विमानको सिटमा बसिसकेका उनीहरूलाई क्याप्टेनले  उडाउन नसकिने भन्दै विमानबाट ओर्लिन भनेका थिए । क्याप्टेनले यसो भनेपछि भनाभन सुरु भएको थियो । त्यस भएपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट निकालेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved