१० बर्षपछि पहिलो पटक नेपालको भुक्तानी सन्तुलन नोक्सानीमा

विजय पराजुली

विजय पराजुली

Aug 25, 2019 | 08:30:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल १० बर्षपछि पहिलो पटक भुक्तानी सन्तुलनमा नोक्सानीमा पुगेको छ। २०६६/६७ सालपछि नेपालको शोधनान्तर स्तिथि  ऋणात्मक भएको हो। 

शुक्रबार अर्थमन्त्रालयमा भएको अन्तर सरकारी वित्त व्यवस्थापन आयोगको बैंठकमा महालेखा परिक्षकको कार्यलयका सचिवले गत आर्थिक वर्षमा ६७ अर्ब ४० करोडले घाटामा रहेको बताएका छन। 

सोधानान्तर स्थीति घाटामा जाँदा त्यसको प्रत्यक्ष असर विदेशि विनीयमय संचितिमा पर्ने गर्छ। गत आर्थिक वर्षको सुरुमा ११ खर्ब २ अर्ब रहेको विदेशि विनिमय संचिति आर्थिक वर्षको अन्त्यमा आउँदा १० खर्ब ५० अर्ब भन्दा तल झरेको छ। 

अर्थमन्त्री डा. युववराज खतिवडाले विकासका ठुलो आयोजनाको लागि आयात बढेकाले विनिमय संचिति घट्दै गएको बताउने गरेका छन् । तर अर्थमन्त्रीले भने जस्तो आयात भने बढेको देखिदैन। 

आर्थिक वर्ष २०७४/०७५ मा २३.६ प्रतिशतले वृद्धि भएको आयात गत आर्थिक वर्षमा १३.९ प्रतिशतले मात्र बढेको छ। त्यस्तै निर्यात आर्थिक वर्ष  २०७४/०७५ मा १० प्रतिशतले बढेको निर्यात गत आर्थिक वर्षमा १९.४ प्रतिशत ले बढेको छ।  

अर्कोतर्फ विदेशि मुद्रा आर्जनको प्रमुख क्षेत्र विप्रेषण आप्रवाह ( रेमिट्यान्स) २०७४/०७५ ७.३ प्रतिशतले मात्र वृद्धि भएकोमा गत आर्थिक वर्षमा १७.५ प्रतिशतले वृद्धि भएको छ ।

माथिको तथ्याङकले पनि सरकार विदेशि लगानी ल्याउन असफल भएको प्रस्ट देखाउँछ। रेमिट्यान्सको वृद्धिदर तथा निर्यातको वृद्धिदर बढोतरी हुदा र आयातको वृद्धिदरमा उल्लेख्य कमि आउँदा पनि सोधनान्तर स्थीति घाटामा जानुले मुलुकले अन्य माध्यमबाट प्राप्त गर्ने विदेशि मुद्रा आर्जनमा ह्रास आएको देखिन्छ । तर अर्थमन्त्रालयले प्रस्तुत गरेको डाटामा गत आर्थिक वर्षमा कति विदेशि सहायता तथा र प्रत्यक्ष बैदेशिक लगानी आयो भन्ने  कुरा उल्लेख गरिएको छैन । अघिल्लो आर्थिक् वर्षको हाराहारीमा नै बैदेशिक सहायता प्राप्त भएको उल्लेख गरिएको छ ।

के हो भुक्तानी सन्तुलन ?
भुक्तानी सन्तुलन भनेको कुनै पनि एक देशले विश्वका अन्य देशकसँग गरेको मौद्रिक कारोबारको स्थितिलाई बुझाउँछ। मानाैं, नेपालका व्यक्तिगत नागरिक, उद्योगी व्यवसायी वा सरकारले ऋण तथा अनुदानका माध्यमबाट विश्वका अन्य मुलुकसँग १० अर्ब रुपैयाँको मौद्रिक कारोबार गर्‍यो । तर, विश्वका अन्य मुलुकका नागरिक, उद्योगी व्यवसायी वा सरकारले नेपालसँग कुल १० अर्ब ५० करोडको कारोबार गर्‍यो । यस्तो कारोबारबीचको अन्तरलाई भुक्तानी सन्तुलन भनिन्छ। यहाँ नेपालका लागि ५० करोड रुपैयाँको भुक्तानी सन्तुलनमा नकारात्मक देखिन्छ । 

भुक्तानी सन्तुलन र शोधनान्तर स्थिति एकै
भुक्तानी सन्तुलनलाई अर्को भाषामा शोधनान्तर स्थिति पनि भनिन्छ। भुक्तानी सन्तुलनले मुलुकको मौद्रिक स्थितिको बचत तथा घाटाबारे संकेत गर्छ । जब मुलुकको निर्यात आयातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थामा भुक्तानी सन्तुलन बचत (सकारात्मक) हुन्छ ।

किन भुक्तानी सन्तुलनको गणना आवश्यक ?
भुक्तानी सन्तुलनले देशको वित्तीय तथा आर्थिक अवस्थाको चित्रण गर्छ । 
भुक्तानी सन्तुलनले आफ्नो देशको मुद्राको स्थिति (मुद्राको मूल्य दरिलो बन्दै छ वा ह्रास हुँदै छ भन्नेबारे)को चित्रण गर्छ । 
भुक्तानी सन्तुलनले सरकारलाई वित्तीय तथा व्यापारिक नीति निर्धारण गर्न सहयोग गर्छ । 

यसको गणनामा के–के पर्छन् 
भुक्तानी सन्तुलनको गणनामा मुख्य त तीन तत्व समावेश हुन्छन् । पहिलो, चालू खाता, पुँजीगत खाता र वित्तीय खाता । 

चालू खाता : यसमा मुख्यतया आफ्नो देश र अन्य देशबीच भएको वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन् । 

पुँजीगत खाता : यसमा दुई वा अन्य देशबीच सम्पत्ति खरिद–बिक्री सम्बन्ध (जस्तो, जग्गा तथा भौतिक सम्पत्ति पनि पर्छन्)मा भएको कारोबारको तथ्यांक राखिन्छ । पुँजीगत खातामा ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसमेत समावेश हुन्छन् । 

वित्तीय खाता : यसमा विदेशी लगानी, रियलस्टेटमा भएको लगानी र ठूला–ठूला परियोजनामा गरिएको लगानीको तथ्यांक राखिन्छ । यसले विशेष गरेर घरेलु सम्पत्तिमा विदेशीको स्वामित्व र विदेशी सम्पत्तिमा घरेलुको स्वामित्वको मापन गर्छ । 

भुक्तानी सन्तुलन र व्यापार घाटा अलग बिषय
व्यापार घाटा मुख्य गरी व्यापारसँग मात्र सम्बन्धित हुन्छ । यसले आफ्नो देश र विश्वका अन्य देशसँग गरेको आयात–निर्यातको तथ्यांक मात्र विश्लेषण गर्छ । व्यापार घाटा चालू खातासँग सम्बन्धित हुन्छ । भुक्तानी सन्तुलनजस्तो अन्य पुँजीगत खाता र वित्तीय खातसँग सम्बन्धित हुँदैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved