पार्टी एकतापछि पहिलोपटक प्रचण्डले बोलाए सचिवालय बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 05:22:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारको लागि सिंगापुरमा रहेको बेला बैठक बोलाउने अधिकार पाएका दाहालले आफूलाई सक्रिय बनाउँदै बैठक बोलाएका हुन् । 

प्रचण्डले भोलि सोमबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् । बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुने बताईएको छ ।

आजमात्रै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved