रवीका समर्थक र प्रहरीबीच झडप, डिएसपी सहित ७ घाइते, १० पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 06:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासत रहेका रवी लामिछानेको पक्षमा उत्रिएका समर्थक र प्रहरीबीच झडप भएको छ ।  आइतबार साँझ प्रहरी र प्रदर्शनकारी समर्थकबीच झडप हुँदा डीएसपीसहित ७ जना घाइते भएका छन् । 

 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रदर्शनकारीले हानेको ढुंगाले लागेर चितवनका प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित  ७ जना घाइते भएका हुन् 

प्रदर्शनकारीले भरतपुरको चौबीस कोठीमा राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले खुलाउन प्रयास गर्नेक्रममा झडप भएको हो। रविका समर्थकहरुले राजमार्गमा चल्ने सवारी साधन समेत तोडफोड गरेका छन्।  लामिछानेका रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गरेको हो । 

 भिडलाई नियन्त्रणमा लिन प्रहरीले शरु ग्यास प्रहार गरेको थियो । प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ आइतबार लामिछाने रिहा हुने आशामा जम्मा भएका समर्थकहरु उनी रिहा नभएपछि उग्र बनेका हुन् ।  

यो पनि : 

छुटेनन रवी लामिछाने, आज पनि हिरासत मै रहने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved