बिजपाटी सम्बाददाता     Aug 25, 2019 | 09:45:44 PM



आइतबार साँझ काठमाडौँको सिनामंगलमा भएको दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । तिनकुनेबाट गौशालातर्फ जादै गरेको टिपरले एक साथ ३ वटा बाइकलाई ठक्कर दिएको छ 

टिपरको ठक्करबाट ३ वटै बाइक कच्याककुचुक भएका छन् भने तिनमा सवारहरु सबै गम्भीर घाइते भएका छन् । घटनापछि टिपर फरार रहेको र खोजि भईरहेको प्रहरीले जनाएको छ 

दुर्घटनामा पर्ने बाइकहरुमा ना ४३ प् ८७३५ र बा ८५ प् ५६९ रहेको छ  । अर्को एक बाइकको नम्बर खुल्न सकेको छैन  

घाइतेहरुलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। घटनाको थप विवरण आउँन बाँकि छ  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7