भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषद्को ऐतिहासिक बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 09:08:24 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मध्यान्ह सिंहदरबारमा बैठक बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

बैठकमा उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ कन्फेरेन्समार्फत् सहभागिता जनाउने छन् । अघिल्लो हप्ताको बैठकले नेपाल सरकार (कार्यसम्पादन नियमावली) २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडिओ कन्फरेन्सिङ मार्फत बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।

यसअघि प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रीपरिषद् बैठक बस्ने व्यवस्था थियो । तर अहिले भने नियमित बैठक नै बस्न लागेको हो । पहिलो पटक भिडियो कन्फरेन्स मार्फत बैठक बस्न लागेकोले यो ऐतिहासिक बैठक हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved