रवि लामिछानेसहित तीनैजनाको बयान सकियो, यस्ता छन अबका ३ विकल्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 11:44:04 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनैजनाको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि आजबाटै थुनछेक बहस हुने भएको छ। 

अब दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले आदेश दिनेछ। थुनछेक बहसको नतिजा तीन वटा हुन सक्छ। अदालतले आरोपित रबि सहित तिनै जनालाई साधारण तारेखमा राखी मुद्दा पुर्पक्ष गर्ने, धरौटी तिराएर मुद्दा पुर्पक्ष गर्ने, थुनामै राखेर मुद्दा पुर्पक्ष गर्ने आदेश दिन सक्नेछ। 

आइतबारमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोगपत्र दायर गरेको थियो । 

रविको समर्थनमा प्रदर्शन हुने देखेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ भने पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निशेधाज्ञा जारी गरिएको छ ।

रवि लामिछानेका समर्थकहरूले विगत १० दिनदेखि भरतपुरमा जुलुस निकाल्दै आएका छन् । सो क्रममा प्रहरी र प्रदर्शकारीबीच पटक–पटक झडपको स्थिति सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने गरी भरतपुरका विभिन्न स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

आज चितवन बन्द – सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवन बन्दको घोषणा गरेको छ । बन्दको सामान्य प्रभाव परेको देखिएको छ । चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved