रबीका समर्थक र प्रहरीबीच झडप, २ राउण्ड अश्रुग्याँस प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 12:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको भरतपुरमा प्रहरी र सञ्चारकर्मी रबी लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालत चितवनमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेका थिए । त्यसपछि झडप भएको हो । 

प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका ट्रक र मोटरसाइकलमा रबीका समर्थकले तोडफोड गरेपछि झडप भएको हो ।प्रहरीले रबीका केही समर्थकलाई नियन्त्रणमा समेत लिएको छ । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेको रबीको पक्षमा चितवनमा प्रदर्शन जारी छ । उनीहरुको प्रदर्शनलाई लक्षित गरी चितवन प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तोक्न पाउने व्यवस्था छ । यसरी तोकिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रजिअ स्वयम्ले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद अथववा दुवै सजाय तोक्न सक्ने प्रावधान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved