होस्टल एसोसिएसनको नेतृत्वमा भक्ति पाठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 03:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल होस्टल एसोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक निर्वाचित भएका छन् । राधधानीमा सम्पन्न सातौं बार्षिक साधारणसभामा भएको निर्वाचनमा पाठक समुहको पुरै टिम विजयी भएको हो । 

पाठक समुहको प्रतिद्वन्दीका रुपमा निवर्तमान कार्यसमितिमा महासचिव रहेका गोबिन्द गिरि चुनावी  मैदानमा थिए । उनी जम्मा ३ मतको मात्रै पराजित भए । कुल ६९२ मतदातामध्ये ५४१ जनाले मतदान गरेका थिए । जसमा पाठकले २६३ र गिरीले २६० मत प्राप्त गरेका थिए ।

एसोसियसनको वरिष्ठ उपाध्यक्षमा अरुण पराजुली, महिला उपाध्यक्षमा उर्मिला भट्टराई (बराल), महासचिवमारुपाली गुरागाईं (पौडेल) निर्वाचित भएका छन् ।

सचिवमा डण्डी प्रसाद गौतम र कोषाध्यक्षमा पूजा जोशी निर्वाचित भएका छन् । 

२०६९ सालमा  स्थापना भएको एसोसिएसनको यो पाँचौं नेतृत्व हो । १३ सदस्यीय कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved