रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 04:17:04 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो  ।

न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले रवीलाई ५ लाख,  युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा आदेश दिएको हो । 

अदालतले आज बयान लिएर थुनछेक बहसपछि यस्तो आदेश दिएको हो । बहसमा सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

 आइतबार उनीहरु ३ जना बिरुद्द बिरुद्द अदालतमा  अभियोग-पत्र दायर भएको थियो ।  उनीहरु विरुद्द सरकारी वकिलको कार्यालयले  जिल्ला  अदालत चितवनमा मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा अभियोग पत्र दायर गरेको हो । पत्रकार शालिकराम पुडाशैनिले न्युज २४ छोडेपछिका घटनाक्रममा भेटिएका प्रमाणलाई आधार बनाएर अभियोग पत्र दायर भएको हो । 

 आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको बताएका थिए।  

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved