फेरी पक्राउ पर्न सक्छन रवी लामिछाने, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 04:50:44 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो  । न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले रवीलाई ५ लाख,  युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा आदेश दिएको हो । 

अदालतले आज बयान लिएर थुनछेक बहसपछि यस्तो आदेश दिएको हो । बहसमा सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

साधारण तारेखमा रिहा भए पनि अदालती प्रक्रिया भने अझै बाँकि नै रहेको अधिबक्ता स्वागत नेपाल बताउछन् । उनका अनुसार सरकारी वकिलले यहि मुद्दा उच्च अदालतमा दायर गर्न सक्छन । जिल्ला अदालतको फैसला चित्त नबुझेमा उच्च अदालत हुदै सर्वोच्च सम्म जान सकिने ब्यबस्था छ । मुद्दा उच्च अदालत पुगेमा उच्च अदालतले फेरी उनलाई प्रक्राउ गरेर उनी माथि अनुसन्धान गर्न आदेश दिन सक्ने छ । 

अधिबक्ता नेपालका अनुसार रवीलाई अदालतको अनुमति बिना विदेश जान रोक लगाईएको छ भने प्रमाण नष्ट गर्न सक्ने भएकोले उनको कार्यक्रम सिधा कुरा जनतासंगमा यस घटना सम्बन्धि कुनै रिपोर्ट बजाउन र देखाउन प्रतिबन्ध लगाईएको छ । रवीको गतिविधि शंकास्पद देखिएकोले उनलाई यी प्रतिबन्ध लगाईएको हो । अधिबक्ता नेपाल भन्छन् ' अहिले अदालतले रवी निर्दोष हो भनेको छैन, घटना आत्महत्या हो मात्र भनेको हो, अब उनीहरुले हरेक महिना तारेख लिनु पर्छ, अदालत धाउनु पर्छ, अदालती प्रक्रिया सकिएको छैन ' । 

'लामिछाने र कँडेलले पुडासैनीको आत्महत्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्ने,' अदालतको आदेशमा भनिएको छ।

आइतबार उनीहरु ३ जना बिरुद्द बिरुद्द अदालतमा  अभियोग-पत्र दायर भएको थियो ।  उनीहरु विरुद्द सरकारी वकिलको कार्यालयले  जिल्ला  अदालत चितवनमा मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा अभियोग पत्र दायर गरेको हो । पत्रकार शालिकराम पुडाशैनिले न्युज २४ छोडेपछिका घटनाक्रममा भेटिएका प्रमाणलाई आधार बनाएर अभियोग पत्र दायर भएको हो । 

 आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको बताएका थिए।  

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved