रविले किशोर श्रेष्ठदेखि करिश्मा मानन्धरलाई फर्काए यस्तो जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 10:36:20 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका रबि लामिछाने आफ्नो विचार राख्न थालेका छन। आफू हिरासतमा परेपछिको अवस्थाकाबारे आफ्नो धारणा राख्दै लामिछानेले प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग आफ्नो कुनै दुश्मनी र रिसइवी नरहेको भन्दै रविले आफू सत्यको सहारामा रिहा भएको प्रतिक्रिया दिएका छन।     

यस्तै नायिका करिश्मा मानन्धरले आफ्ना समर्थकलाई भेडा भनेको विषयमा रविले यो करिश्माको व्यक्तिगत तर्क भन्दै यसमा केही आफुले कुनै प्रतिकृया नरहेको बताए। रवीले कलाकारिताबाट राम्रो योगदान दिएकी करिश्माले आफ्नो वाक् स्वतन्त्रता उपयोग गरेकाले केही भन्नु छैन भनेका छन।  

गएको साउन ३० गतेबाट प्रहरीको न्यायिक हिरासतमा रहेका रविसहित युवराज कँडेल र अस्मिता कार्की सोमबार अदालतको आदेशमा रिहा भएका हुन्। अदालतले रवीलाई ५ लाख,  युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा आदेश दिएको हो । अदालतले बयान लिएर थुनछेक बहसपछि यस्तो आदेश दिएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved