गाडी व्यवसायीलाई चेतावनी, ‘छुटको नाममा इमान्दार सरकारलाई झुक्याउने प्रयास नगर्नुहोस्’ (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 11:57:10 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार इमानदार रहेकाले झुक्याउने प्रयास नगर्न व्यवसायीलाई सचेत गराएका छन् । मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०१९’को उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले व्यवसायीले नक्कली पार्टस आयात बढेको गुनासो गरेपछि त्यस्ता पार्टस सरकाले नभई व्यवसायीले नै ल्याएको उत्तर दिए । 

‘हाईब्रिड गाडीमा सरकारले सहुलियत दियो’ अर्थमन्त्री खतिवडाले भने,‘तर तपाईहरुले हाईब्रिड भनेर ब्याट्रीबाट स्टार्ट मात्रै हुने र चल्नको लागि डिजेट पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो ।’ उनले सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै १० वर्षमा ४ गुणाले सवारी आयात बढ्नु अस्वभाविक भएको जनाए । 

निरन्तर आयात बढ्नु रोग जस्तै भएको भन्दै मन्त्री खतिवडाले सरकार यस्ता रोगको उपचार गर्नेगरि अगाडी बढेको बताए । उनले आयात कम गर्न देशभित्रै एसेम्बल प्लान्ट राखी सवारीसाधन उत्पादन गर्न आग्रह गर्दै यसका लागि सरकारले सहयोग गर्ने बचन दिए । 

एसेम्बल राख्दा २० प्रतिशतभन्दा बढी मूल्यअभिवृद्धि हुनुपर्ने सर्त सुनाउँदै मन्त्री खतिवडाले व्यवसायीले घाटाको व्यपार नगरेजस्तै सरकारले पनि घाटाको नीति नलिने बताए । ‘२० प्रतिशतन्दा बढी मूल्य अभिवृद्धिमा सरकार छलफल गर्दैन’ उनले भने, ‘उद्योगी व्यवसायीले कुनै व्यापार गरेर नाफा कमाए जस्तै सरकारले पनि घाटामा व्यापार गर्दैन, सरकारी नीति लाभ हुने खालकै हुनुपर्छ ।’ 

गतवर्षको नाडा अटो शोमा जस्तै मन्त्री खतिवडाले ऋण गरेर गाडी नचढ्न सर्वसाधारणलाई सुझाए । आज पनि सुरुवातमा नाडा अटो शोले दशैँ आएको झल्को दिने भन्दै उनले ‘आम्दानी अनुसार सवारी किन्न सक्ने क्षमताको विकास होस्’ भन्दै दशैँको शुभकामना दिए । 

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved