चितवन आन्दोलनका घाइते 'समर्थक' भेट्न अस्पताल पुगे रवि लामिछाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 12:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हिरासतबाट रिहा भएका टेलिभिजनकर्मी रवि लामिछाने चितवनमा भएको आन्दोलनमा घाइते समर्थकहरुलाई भेट्न अस्पताल पुगेका छन। आफु हिरासतमा रहंदा प्रदर्शनको क्रममा घाइते भई चितवनको विभिन्न अस्पतालमा उपचार गराइरहेका समर्थकहरुलाई रविले आज भेटेका हुन।

सहकर्मी युवराज कंडेल सहितको टिम सहित अस्पताल पुगेका रवीले उपचाररत घाइतेहरुको स्वास्थ्य स्थितिको जानकारी लिएका छन। उनले सबै घाइतेहरुलाई धन्यवाद दिँदै आगामी दिनमा न्यायको लागि लडिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

सिधा कुरा जनतासंगको कार्यक्रमका पुर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने भदौ ९ गते  धरौटीमा रिहाभएका हुन्। जिल्ला अदालत चितवनले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले रवीलाई ५ लाख,  युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा आदेश दिएको हो । 

तस्वीरः दिनेश डिजीको फेसबुकबाट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved